यती जहाज दुर्घटनाः ६८ शव फेला, २६ जनाको पहिचान खुल्यो

-


     क्लिक गण्डकी     
     माघ २ गते २०७९ मा प्रकाशित


पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

पोखरा, २ माघ/ पोखरामा यति एयरको जहाज दुर्घटनामापरी मृत्यु भएका ६८ जनाको शव भेटिएको छ । ति मध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ५ जनाको शव देखी पनि सेती खोचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार थिए । अन्य चार जनाको अवस्था खुलेको छैन ।

दुर्घटनामा परेका २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान खुल्ल नसकेका शवलाई काठमाडौं लगेर डिएनए परीक्षण गर्ने उनले बताए ।

सनाखत भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगिता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, र उनी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन् ।



Tags: