पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको जहाज दुर्घटनामा निधन

-


     क्लिक गण्डकी     
     माघ १ गते २०७९ मा प्रकाशित


त्रिभुवन पौडेल

त्रिभुवन पौडेल

पोखरा, १ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएको छ ।

काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा बिजयी भएका थिए ।

पत्रकारमहा संघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गरेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा समते काम गरेका थिए ।

पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक र सम्पादकका थिए । पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्ष समेत हुन् । पौडेलका श्रीमती र एक छोरा छन् ।



Tags: