पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार बुझाउने

-


     क्लिक गण्डकी     
     माघ १ गते २०७९ मा प्रकाशित


पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार दिने

पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार दिने

पोखरा, १ माघ/ पोखराको सेती नदीको खोँचमा आइतबार विहान भएको विमान दुर्घटना परेका ६९ जनाको शव फेला परेको छ । यात्रुको शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ । ३ जनाका भने शव भेटिएको छैन ।

शवहरू अस्पताल पु¥याए सगँ दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको कास्की साहेक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

उनले पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाडौ लगिने बताए । पोखराका पहिचान भएका शव सोमबार विहान ९ बजे पछि पोष्मार्ट गरि आफ्न्तलाई बुझाउने बताए । अहिले सम्म ११ जनाको शव सनाखत भएको बताए ।