
हत्गढी
पोखरा, २६ पुस/ वडा सदस्यलाई जातीय बिभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
वडा सदस्य मैया नेपालीले उनी बिरुद्द उजुरी दिएकी हुन् । अधिकारीले पटकपटक अमयार्दित व्यवहार गरेका आरोप छ ।
पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफलका क्रममा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।





