सफल पोखरा म्याराथनको १७ औं संस्करण फागुन पहिलो साता

-


     क्लिक गण्डकी     
     पौष १९ गते २०७९ मा प्रकाशित


सफल पोखरा म्याराथनको १७ औं संस्करण फागुन पहिलो साता पत्रकार सम्मेलनमा जानकारी दिदै । तस्बिरः सुर्दशन रञ्जित

सफल पोखरा म्याराथनको १७ औं संस्करण फागुन पहिलो साता पत्रकार सम्मेलनमा जानकारी दिदै । तस्बिरः सुर्दशन रञ्जित

पोखरा, १९ पुस/ पोखरा म्याराथनको १७ औं संस्करण फागुन ६ गते हुने भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजना हुने १७ औं संस्करणमा ८ वटा इभेन्टहरु हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष हरी पराजुलीले जानकारी दिए ।

मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलामिटर हाफ म्याराथन महिला, महिला÷पुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किलोमिटर दौड, महिला/पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड समावेश गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने समेत समावेश गरेको उनले जानकारी दिए । विजेताले नगद ५ लाख, दोस्रो हुनेले ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रप्त गर्ने छन् ।

पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेको छ । यसै गरी महिला हापम्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

५ किलोमटिर छात्र/छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पोखरा म्याराथन गर्न करिब ९३ लाख खर्च हुने आयोजकको अनुमान छ ।