तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ दोस्रो साता

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०७९ मा प्रकाशित


टाइगर कप भलिबल

टाइगर कप भलिबल

पोखरा, १८ पुस/ तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ पहिलो साता हुने भएको छ ।

आयोजक टाइगर गु्रप अफ पोखरा नेपालले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ पाँच/पाँच टिमले प्रतिष्पर्धा गर्ने टाइगर अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगितामा महिला तर्फ केरला स्टेट, इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपीएफ क्लब र होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष तर्फ एसटी वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशको टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले बताए ।

प्रतियोगितामा विजेता दुबै टिमले नगर ५/५ लाख रुपैयाँ, मेडल र ट्रफि प्राप्त गर्ने छन् । त्यसै गरी उपविजेताले २ लाख ५० हजार र तेश्रोले १ लाख २५ हजार र सान्त्वना टिमले ६५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा महिला/पुरुष उत्कृष्ट एक/एक खेलाडीलाई नगद २५/२५ हजार प्रदान गरिने शर्माले बताए ।

खेलमा हरेक विद्याका उत्कृष्ट खेलाडीहरु, प्रशिक्षकलाई समेत नगद दस/दस हजार र ट्रफि प्रदान गरीने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।



Tags: