कोरियन भाषा परीक्षाका लागि आबेदन खुल्यो

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०७९ मा प्रकाशित


कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षा

पोखरा, १२ मंसिर/ कोरियन रोजगारका लागि जान कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी अनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ ।

भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुने सुचनामा उल्लेख छ ।