
मनबहादुर गुरूङ
पोखरा, ६ मंंसिर/ कास्की १ मा नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङले अग्रता कायम राखेको छन् ।
मादी गाउँपालिकाका १, २, ३, ६, ७, ८, ९ को गणना गर्दा गुरुङ ३ हजार ४ सय १२ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोर दत्त बराल २ हजार ६ सय २४ प्राप्त गरेका छन् । उनीहरुको मत अन्तर ७ सय ८८ रहेको छ ।
त्यसै गरी कास्की १ ख मा नेकपा एमालेका बेद बहादुर गुरुङले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका दिपक गुरुङ माइलाले २ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् । उनीहरुको मत अन्तर ७ सय ७ रहेको छ ।





