कास्कीका दुई क्षेत्रमा घण्टीका उमेद्वारको अग्रता

-


     क्लिक गण्डकी     
     मंसिर ५ गते २०७९ मा प्रकाशित


घण्टी

घण्टी

पोखरा, ५ मंसिर/ कास्कीका दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उमेद्वारले अग्रता लिएका छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् ।

कास्कीको २ मा गणना शुरुभएका देखी नै अग्रता लिएको छ । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ८७५ ल्याएका छन् ।

नेकपा एमालेकी विद्या भट्टराई ६९०, नेकपा समाजवादीका श्रीनाथ बराल ४६९, राप्रपा सुवर्ण राज पन्त ४५१ मत ल्याएका छन् ।
त्यसै गरी कास्की क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार योगराज पौडेल ९२७ ल्याएर अग्रस्थानमा छन् ।

त्यसै गरी नेकपा एमालेका दामोदर पौडेलले ८४४, रामजी प्रसाद बरालले ३५२ मत ल्याएका छन् ।



Tags: , ,