
मतगणना
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो ।
प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।
त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् ।
५ सय ४१ मत गणना हुदाँ १ सय ९९ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेका भिम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् ।





