कार्तिक १७ गतेदेखि प्रथम एबिसी एटए साईड भेट्रान्स फुटबल

-


     क्लिक गण्डकी     
     कार्तिक १५ गते २०७९ मा प्रकाशित


फुटबल

पोखरा, १५ कार्तिक/ अमरसिंह ब्वाईज क्लबको आयोजनामा पहिलो पटक एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा अमरसिंहचौरको खेल मैदानमा कार्तिक १७ गतेदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । आयोजनाको लागि आवश्यक तयारी पुरा भएको छ ।

प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह क्वाईजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । हेटौडा, एक्स पोखरा, लेकसाईड, नाईटकिङ, र चितवन एउटा समूहमा छन् । त्यस्तै आयोजक अमरसिंह ब्वाईजको निलो, फ्रिडम फाईटर, एक्स वारियर, बुटवल, गण्डकी प्रदेश र धनगढी अर्को समूहमा छन् ।

प्रतियोगिता कार्तिक १७ गतेदेखि हुने छ । पहिलो खेल आयोजक अमरसिंह ब्वाईज सेतोले एक्स पोखरासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छ । त्यस्तै दोस्रो खेल लेकसाईड भेट्रान्सले नाईटकिङसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल बुटवलले गण्डकी प्रदेशसँग खेल्ने छ । उदघाटन भने दिउँसो २ बजे गर्ने कार्यक्रम छ । उदघाटन खेलको रुपमा आयोजक अमरसिंह ब्वाईज निलोसँग एक्स वारियरसँग खेल्ने खेल तालिका बनाईएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगिता विजेताले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्ने छ । उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ । खेलमा म्यान अफ दि टुर्नामेन्टले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ प्रशिक्षकले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।



Tags: