नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन

नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन

पोखरा, ३ कात्तिक/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । शसस्त्र प्रहरी बल एपिएफले १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो ।

नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जिति तेस्रो र बागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो ।

लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य पदक र गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्यो । कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत र सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो ।



Tags: