
नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो ।
बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । बागमतीले सुदर पश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको थियो ।





