एथलेटिक्समा आर्मीलाई दुई स्वर्ण, कर्णालीलाई पहिलो स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज ३१ गते २०७९ मा प्रकाशित


जीवन चौधरी

जीवन चौधरी

पोखरा, ३१ असोज / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्ट मध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ ।

११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।

१०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पुरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पुरा गर्दै हात पारिन् । एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डमा पुरा गर्दै कास्य पदक जितिन् ।

३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादबले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । कास्य पदक त्रिभुवन आर्मीका सुवाश कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।



Tags: ,