
सन्तोषी श्रेष्ठ
पोखरा, ३१ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनो फानो हुदाँ नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।
दोश्रो स्थानमा विभागी टोली एपिएफले १२ स्वर्ण, १६ रजत र २२ कास्य पदक जितेको छ । त्यसै गरी तेस्रो स्थानमा अर्को विभागी टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदक सहित ३५ पदक जितेको छ ।
चौथो स्थानमा बागमती प्रदेश छ । बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० कास्य सहित ३६ पदक जितेको छ । घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ कास्य पदक गरी २८ पदक हात पारेको छ । एनआरएनए ४ स्वर्ण, ३ रजत र ४ कास्य सहित ११ पदक सहित छैटौ स्थानमा रहनदै गण्डकीलाई पछ्याइ रहेको छ ।
मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य सहित ८ पदक प्राप्त गरेको छ । प्रदेश १ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदुरपश्चिमले १ स्वर्ण, १ रजत र ८ कास्य सहित १० पदक, लुम्बिनीले ६ रजत, ४ कास्य सहित १० पदक, कर्णाली प्रदेशले १ कास्य पदक जितेका छन् ।
| टिम | स्वर्ण | रजत | कास्य | जम्मा |
| आर्मी | ३८ | २७ | २१ | ८६ |
| एपिएफ | १२ | १६ | २२ | ५० |
| पुलिस | ११ | ७ | १७ | ३५ |
| बागमती प्रदेश | १० | १६ | १० | ३६ |
| गण्डकी प्रदेश | ८ | ५ | १५ | २८ |
| एनआरएनए | ४ | ३ | ४ | ११ |
| मधेष प्रदेश | २ | २ | ४ | ८ |
| प्रदेश १ | १ | ४ | १३ | १८ |
| सुदुरपश्चिम | १ | १ | ८ | १० |
| लुम्बिनी प्रदेश | ० | ६ | ४ | १० |
| कर्णाली प्रदेश | ० | ० | १ | १ |
| जम्मा | ८७ |





