
सन्तोषी श्रेष्ठ
पोखरा २९ असोज/ नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छन् । उनले ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी हुन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन । राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गररेकी थिईन ।
सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।





