
नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २८ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ ।
फेन्सिङको अन्तिम खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई ४५–२८ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो ।
पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङ तर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।
फेन्सिङको अंक तालिका अनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्य सहित १७ पदक प्राप्त गरेको छ । बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्य सहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्य सहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।
| टिम | स्वर्ण | रजत | कास्य | जम्मा |
| आर्मी | ५ | ५ | ७ | १७ |
| बागमती | ४ | ३ | १ | ८ |
| सुदुरपश्चिम | १ | २ | ३ | |
| शसस्त्र प्रहरी | २ | ४ | ७ | १३ |
| गण्डकी प्रदेश | ४ | ४ | ||
| प्रदेश १ | ३ | ३ | ||
| जम्मा | १२ | १२ | २४ | ४८ |





