
सराङकोटमा ६१ फिट अग्लो गणेशको मुत्र्ति बन्ने
सागर राज तिमिल्सिना
पोखरा, २२ भदौ/ पोखरा १८ महानगरपालिका सराङकोटमा ६१ फिट अग्लो पन्चमुखि गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो ।
गणेशको मूर्ति स्थापना गर्न बुधबार पोखराका मयेर धनराज आचार्यले शिलन्यास गरेका छन् । उनले विदेशी पर्यटकले नेपाल सगँ पोखरा र सराङकोटको फर्केर जादाँ पनि सम्झने गरेको बताए । उनले मूर्तिको निमार्ण पछि पोखरा आउने पर्यटकलाई सराङकोट पुग्दा घुम्नाका लागि फुल प्याकेज हुने बताए ।
सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताल लगाएतका रमणिय दृश्य देख्न सकिन्छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिले अन्नपुर्ण केबुलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेर गणेशको मूर्ति स्थापना गर्न लागेको हो । धार्मिक पर्यटकहरु बढाउने उद्देश्यले गणेशको मुत्र्ति स्थापना गर्न लागेको सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
सराङकोट प्याराग्लाइडिङ गर्न, पोखरा केबलकार चढेर जान, सुर्योदय हेर्नका लागि पनि प्रख्यात छ । गणेशको मूर्ति निमार्णका लागि करिब ५ देखी ९ करोड लाग्ने अनुमान छ । तल्लो तलामा फलामका पिल्लर बनाएर ढलान गर्ने र माथिल्लो भागमा करिब ६१ फिट अग्लो मूर्ति बनाउने लक्ष्य रहेको छ । निमार्णका लागि सबै जना जुट्नु पर्ने अन्नपुर्ण केबलकार प्रालिका निर्देशक तिर्थ तिपाठीले बताए ।
आगामी फागुन ६ गते सम्म सम्पन्न गर्न लक्ष्यलिएको यो योजनामा लागि विभिन्न व्यक्ति र संघ संस्था सगँ सहयोग संकलन गरिने छ । पोखरा २२ पुम्दीभुम्दीमा करिब ५१ फिटको शिवको मूर्ति निमार्ण भएपछि अन्तरिक एवं विदेशी पर्यटकको गन्तव्य बनेको छ ।





