लेकसाइडस्थित एक होटलको भान्सामा आगलागी

-


     क्लिक गण्डकी     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १२ मंसिर/ पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कको भान्सामा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलको भान्सामा खाना पकाउने क्रममा चिम्नीमा आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक लक्ष्मण रिजालको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगोलाई केही समयमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भान्सामा रहेको चिम्नीका मोटरलगायत सामग्री जलेर नष्ट भएका छन्।