पोखरामा जुवातास खेलिरहेको ६ जना पक्राउ, एक लाख ४३ हजार रुपैयाँ बरामद

-


     क्लिक गण्डकी     
     कार्तिक २४ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २३ कात्तिक/ पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–८ सिमलचौरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा ६ जनालाई पक्राउ गरेको हो।

गएराति करिब ११ बजे जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ४३ हजार १ सय ९० रुपैयाँ र ५२ पत्ती तास बरामद गरेको कास्कीका प्रहरीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवनले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।