पोखरा–२१ मा मोटरसाइकलमा आगो लगाए एक युवा फरार

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८३ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, १९ कात्तिक/ पोखरा महानगरपालिका–२१ आरनडाँडामा पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी भएको छ। स्थानीय सुशील सुनारको ग ७ प २१३२ नम्बरको मोटरसाइकलको सिटमुनिको भागमा आगो लगाइएको प्रहरीले जनाएको छ।

आगलागीबाट मोटरसाइकल आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार मोटरसाइकलमा आगो लगाएको आरोप लागेका पोखरा–२१ कै ३० वर्षीय सुमन नेपाली फरार छन्। उनले मापसे गरे मोटरसाइकलमा आगो लगाएका थिए ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी चौकी छोरेपाटनबाट प्रहरी नायब निरीक्षक सुरेश चन्द थापा सहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान तथा फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ।