
पोखराको प्याराडिसोमा एनपीएल सिजन–३ का खेल प्रत्यक्ष प्रसारण
पोखरा, ७ कात्तिक/ नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल पोखरा लेकसाइडको प्याराडिसो बार एन्ड ग्रिलमा प्रत्यक्ष हेर्न पाइने भएको छ ।
क्रिकेटप्रेमीलाई खेलको रोमाञ्चकता सँगै मनोरञ्जन र खानपिनको अनुभव प्रदान गर्ने उद्देश्यले प्याराडिसोले खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको प्याराडिसोको म्यानेजर हरि पौडेलले जानकारी दिए ।
पोखराको प्याराडिसोमा आयोजना हुने प्रत्यक्ष प्रसारणले एनपीएलका खेल सामूहिक रूपमा हेर्न चाहने क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर खेलको आनन्द लिने अवसर प्रदान गर्ने उनले बताए ।
एनपीएल नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित भएको छ । प्याराडिसोमा हुने प्रत्यक्ष प्रसारण हेदै खानपिनको आदन्न लिन सक्ने उनले बताए ।
साथै भुक्तिानीमा सिद्धार्थ बैंकको कार्डमार्फत तिदाँ २० प्रतिशत छुटले क्रिकेटप्रेमीलाई खेल हेर्दै खानपिनको आनन्द लिन थप आकर्षित गर्ने अपेक्षा उनको रहेको छ ।
प्याराडिसोले खेलहरुको लाइभ देखाउने गर्दै आएको छ । त्यहाँ ठुलो एलइडि बोर्ड, टेलिभिजन र स्किनमा देखाइदै आएको छ । विश्वकप फुटलब २०२६ का बेला प्यराडिसोमा खेल प्रेमीको ठुलो भिड् लाग्ने गरेको थियो ।







