
प्रकाश बराल
पोखरा, १७ असोज/ नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल विजयी भएका छन् ।
गण्डकी प्रदेश सभाका सांसद समेत रहेका बरालले ५ सय ६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए । उनका प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ४ सय ६ मत प्राप्त गरे।
त्यस्तै, क्षेत्रीय सचिव पदमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय २ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ९ मत प्राप्त गरे।







