
पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक हुँदै
पोखरा, १ असोज/ चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन अन्तर्गतको नेभो क्यू०५ एस पोखरामा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा सार्वजनिक गरेपछि भोली पल्ट देखी परीक्षण सवारी कार्यक्रम आयोजना गर्ने भएको हो ।
ग्राहकले असोज ३ देखि ६ गतेसम्म डीपल पोखरा सोरुममा नेभो क्यू०५ को प्रत्यक्ष परीक्षण गर्न सक्नेछन् । चितवनमा सार्वजनिक गरिएपछि क्यू०५ पोखरामा सार्वजनिक हुन लागेको हो ।
चाङ्गानको नयाँ–ऊर्जा सवारीसाधनको मुख्य लाइन नेभोअन्तर्गत रहेको क्यू०५ लाई विश्वव्यापी सहरी प्रिमियम विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।
आधुनिक जीवनशैली अपनाउने, जीवनको आनन्द लिने तथा गुणस्तरलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित गर्दै यसलाई ‘न्यु–इनर्जी स्मार्ट लिभिङ इनएबलर’का रूपमा स्थान दिइएको कम्पनीले जनाएको छ ।
नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ५१.९ किलोवाट घण्टा क्षमताको क्याटिएल लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । उक्त ब्याट्रीलाई चाङ्गानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसँग एकीकृत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, ब्याट्रीले ३सी फास्ट चार्जिङ समर्थन गर्छ भने अधिकतम डीसी चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहेको छ । ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १५ मिनेट लाग्ने दाबी गरिएको छ ।
१२० किलोवाट क्षमताको विद्युतीय मोटरबाट सञ्चालित नेभो क्यू०५ ले एनईडीसी परीक्षणअनुसार एकपटकको चार्जमा ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट घण्टा रहेको छ ।
सहरी प्रयोगलाई लक्षित गर्दै तयार गरिएको क्यू०५ मा फराकिलो तथा व्यावहारिक केबिन उपलब्ध छ । यसको ह्वीलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ । पछाडिका सिटलाई रिक्लाइन गर्न सकिने भएकाले यात्रामा थप आराम प्राप्त हुने कम्पनीको भनाइ छ । त्यस्तै, ५४० लिटरको स्ट्यान्डर्ड बुट स्पेस रहेको छ ।
क्यू०५ को डिजाइन पनि यसको प्रमुख विशेषतामध्ये एक रहेको कम्पनीले जनाएको छ । चाङ्गानको विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकसित गरिएको यो सवारीको डिजाइनमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनल सहभागी छन् । टोलीको नेतृत्व चाङ्गान ग्लोबल डिजाइनका उपाध्यक्ष तथा पूर्व फक्सवागन समूहका डिजाइन प्रमुख क्लाउस जिक्योराले गरेका छन् ।







