
फेवा
पोखरा, १४ भदौ /पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा बेपत्ता विदेशी पर्यटक फेला परेका छन् । काईकिङ गर्दै फेवातालको किनार किनार झाडीबाट खहरे स्थित प्रिडम होटलमा गई बसेको प्रहरीले फेला परेका छन् ।
बाराही मन्दिर पारी फेवातालमा शनिबार साँझ करिब ६ः४५ बजे काइकिङ गर्ने क्रममा विदेशी पर्यटक बेपत्ता भएका थिए ।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमाण्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमाण्डमा १० जनाको उद्धार टोली घटनास्थलमा पुगेको थियो ।





