नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल (कस्को कति मत ?)

-


     क्लिक गण्डकी     
     भाद्र ११ गते २०८३ मा प्रकाशित


नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल

पोखरा, ११ भदौ/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा, गण्डकी अध्यक्षमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । बुधबार भएको ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनले संगीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अध्यक्षका प्रत्यासी कमला गिरीलाई पराजित गर्दै २ वर्षे कार्यकालका लागि पौडेल निर्वाचित भएकी हुन् । पौडेले ९३ मत प्राप्त गर्दा गिरीले ४९ मत प्राप्त गरिन् । पौडेल संस्थामा यसअघि प्रथम उपाध्यक्ष रहेकी उनी २० वर्षयता नाट्टामा आबद्ध छन् । उनी नेपाल टीका ट्राभल प्रालि तथा टीका रिसोर्टकी संचालक हुन् ।

प्रथम उपाध्यक्ष पदमा चेतबहादुर कार्की र राजेश पहारीबीच प्रतिस्पर्धा भएकोमा पहारी बिजयी भए । पहारीले ८० मत पाउँदा कार्कीले ६६ मत मात्र पाए । द्वितीय उपाध्यक्षमा विश्वराज आचार्य निर्बिरोध निर्बाचित भए ।

त्यसैगरी, महासचिव पदमा ताराप्रसाद गौतम र नवराज भण्डारीबिचको प्रतिष्पर्धामा ताराप्रसाद गौतमले ८५ मत पाएर विजय भए । उनका प्रतिद्वन्दी नबराज भण्डारीले ५९ मत मात्र पाए । यसैगरी सचिवमा प्रतीक लामिछाने र सुवास पहारीबिचको प्रतिष्पर्धामा सुभाष पहारीले ८४ मत पाएर चुनाब विजयी हुदाँ प्रतिक लामिछानेले ६२ मत पाए ।

कोषाध्यक्षमा छविरमण पौडेल र सन्दिप श्रेष्ठको बिचमा प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा छविरमण पौडेलले श्रेष्ठको भन्दा २ मत बढी ल्याउदै विजयी भए । पौडेलले ७४ मत पाएर बिजयी हुँदा श्रेष्ठले ७२ मत पाएका थिए। सह कोषाध्यक्ष पदमा पदमराज आचार्यले ८७ मत पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी तुलबहादुर गुरुङले ५५ मत मात्र प्राप्त गरे ।

कार्यसमितिको पाँच जना सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका थिए । सदस्यमा अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारी निर्बिरोध निर्बाचित भए ।