पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र ९ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ९ चैत/ पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग२च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री पोखरा महानगरपालिका–२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



Tags: