
चौथो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता शुक्रबार देखी, टाइसिट सार्वजनीक
पोखरा, १४ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ ।
शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको हिसान गण्डकीका अध्यक्ष डा. राम्जी शर्माले जानकारी दिए ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने क्लबका सल्लाकार सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी कलेज तर्फका विजेताले नगद २० हजार, मेडल, ट्रफि र प्रमाणपत्र उपविजेताले नगद १० हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गर्दै आएको सबिन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । प्रतियोगिताको पावरबाइमा टभिएस मोटरसाइकल र सपोटेबाइमा सुजल डेरीको सफल दुध रहेका छन् ।






