
आहा रारा पोखरा गोल्डकपमा जावलाखेला इतिहास कोर्ने दाउमा, सहारा दोहोर्याउने लक्ष्यमा
पोखरा, ८ फागुन/ २५ औं संस्करणका आहारारा पोखरा गोल्डकको शनिबार फाईनल पोखरा रंगशालामा हुदैं छ । जावलाखेल र आयोजक सहारा क्लब उपाधिको लागि मैदान उत्रिदै छन् । इतिहास कोर्ने र इतिहास दोहोर्याउने दाउमा दुबै टोली रहेका छन् । सहारा क्लब ९ वर्षपछि फाईनल पुगेको हो ।
चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिने छ । सहाराले घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्याउने लक्ष्यमा एक कदम मात्रै बाँकी छ । एघारौं संस्करणमा उपविजेता बनेको सहाराले बाह्रौमा उपाधि जित्यो । त्यसपछि फेरी उपाधि निकट पुगेर यात्रा टुंग्याएको सहाराले ९ वर्षपछि पुन फाईनल खेल्दै छ । उपाधिको बाह्रवर्षको संघारमा पुगेको सहाराले बाह्रवर्षपछि फेरी उपाधि उचालेर प्रशिक्षक सुनिल राना बताउँ छन् ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमीफाइनलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पन्छाउँदै फाइनलमा प्रवेश गरेको हो । जावलाखेल १४ वर्षपछि पोखराको मैदानमा फाईनल प्रवेश गरेको हो । १४ वर्ष अघि फाईनलमा उपाधि विहीनको अवस्थालाई अन्त्य गर्दै इतिहास कोेर्ने लक्ष्यमा जावलाखेल रहेको छ । दुवैको रणनीति उपाधि उचाल्ने हो, त्यसको लागि आन्तरिक तयारी रहेको जाउलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठ बताउ छन् ।
जावलाखेलले उज्वेकिस्तानी टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा आफनो सेट टिमको खेलाडीलाई बेन्चमा राख्नुपर्ने छ । सहाराले भने आफनो सेट टिमलाई मैदान उतार्दै उपाधि उचाल्ने योजना बुनेको छ । जावलाखेलको आफनो सेट टिमबाट खेल्दै आएका युवराज ढकाललाई रातो कार्डसहित बेन्चमा हुदा उनको स्थानमा बैकल्पिक खेलाडी मैदान उत्रिने छन् । १४ वर्ष अघिको मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा हारको पीडा भुल्दै उपाधि उचालेर इतिहास कोर्ने टिम क्याप्टेन युनेस चौधरी बताउ छन् ।
सहाराले प्रि–क्वाटरफाइनलमा ईन्टरनेसनल फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई सडन डेथमा ६–५ र सेमीफाइनलमा मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथमै ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहो¥याउने छ । २०७० सालमा उपाधि जितको सहारा १२ वर्षपछि उपाधि चुमेर ईतिहास दोहो¥याउन चाहन्छ । यद्वपी ९ वर्षअघि २०७३ सालमा उपाधि भिडन्तमा चुकेको सहारा यस पटक जित्न लालयीत रहेको सहाराका टिम क्याप्टेन सुशील लामा बताउ छन् ।
प्रतियोगितामा भएको खेलमा हेड टु हेड हेर्ने हो भने जावलाखेल बलियो देखिन्छ । प्रतियोगितामा ३ खेल खेलेको जावलाखेलले तीनवटै खेलमा निर्धारित समयमै स्पष्ट जित निकालेको छ । त्यतिमात्र होईन प्रतियोगितामा कुनैपनि गोल नबेहोरेको जावलाखेलले एकतर्फी ६ गोल हानेको छ । तर अर्कोतर्फ आयोजक सहाराले दुई खेल सडन डेथमा आफ्नो पक्षमा पारेको छ भने एउटा खेलमा निर्धारित समयमै नतिजा आफ्नो पक्षमा पारे पनि कठीन जित निकालेको देखिन्छ ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहारारा पोखरा गोल्डकपको पच्चीसौं संस्करणको विजेताले १४ लाख १ हजारराशीसहितको उपाधि उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार प्राप्त गर्ने छ ।






