
सहारा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २ फागुन/ २५औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब पोखरा सेमिफाइलनमा प्रबेश गरेको छ । नेपाल पुलिस क्लबलाई सडेन डेथमा हराउदै सहारा सेमिफाइनलमा प्रबेश गरेको हो ।
निधारीत ९० मिनेटमा दुबै टिमबाट एक एक गोल भएपछि खेल थप समयमा पुगेको थियो । थपिएको समयमा पनि कुनै टिमले गोल गर्न सकेनन् ।
ट्राइबेकरमा दुबै टिमले चार चार गोल गरेपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा नेपाल पुलिस फुटबल क्लबका धिरेन्द्र शाहको प्रहार सहाराका गोल्डकिपर टेकेन्द्र थापाले बचाउ गरे । सहाराका टेइ डिनिल् बाडारुले गोल गर्दै सहारालाई सेमिफाइनलमा पु¥याए ।
निधारीत ९० मिनेटको खेलमा ४९ औ मिनेटमा नेपाल पुलिस क्लबका रामबाजीले गोल गर्दै अग्रता दिलाएका थिए । सहाराले खेलको ६१ औ मिनेटमा मुकुन्द्र निउरेले पेनाल्टी मार्फत गोल फर्काउदै बराबरीमा पु¥याए ।
आइतबार जाउलाखेल युथ क्लब र चर्च व्वाईज क्लब बिच हुनेछ । प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।





