
भलिबल
पोखरा, २१ भदौ/ पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविस र साविक उपविजेता ललितपुर क्विन्सले बिजयी भएका छन् । कर्णालीले लुम्बिनी लाभाजबिच ३–१ सेटमा विजयी भयो ।
पहिलो सेटमा पछि परेको कर्णालीले लगातार तीन सेट जितेको थियो । कर्णालीले लुम्बिनीलाई २३–२५, २५–२१, २५–१७ र २५–२२ मा हरायो ।
अर्को खेलमा साविक उपविजेता ललितपुर क्विन्सले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको खेलमा ललितपुरले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा हरायो ।
लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । काठमाडौंको यो पहिलो खेल थियो ।





