पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

-


     क्लिक गण्डकी     
     भाद्र १८ गते २०८२ मा प्रकाशित


पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

पोखरा, १८ भदौ/ दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अनावरण गरे ।

कार्यक्रममा मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले खेलले केवल मनोरञ्जन नभइ, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए ।

ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौं २० देखी २८ गतेसम्म चल्नेछ ।

लिगको पहिलो खेल साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।



Tags: