पर्वतमा एक घर पहिरोले पुरियो, दम्पत्ति बेपत्ता

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु

फाइल तस्बिर

पर्वत, ४ साउन/ पर्वतको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीको लाङ्दीमा आएको पहिरोले एक घर पुरिदा दम्पत्ति पुरिएर बेपत्ता भएका छन् ।

छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिएर बेपत्ता भएका छन् । उनीकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल भएकी छन् ।

सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता दम्पितिको खोजी कार्य भैरहेको स्थनीयले बताएका छन् ।

गएरातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भिषण वर्षा भैरहेको छ ।



Tags: