पेट्रोल र डिजेलको मूल्य घट्यो (पोखरामा कति)

-


     क्लिक गण्डकी     
     असार ३१ गते २०८२ मा प्रकाशित


नेपाल आयल निगम

नेपाल आयल निगम

पोखरा, ३१ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा ५ रुपैयाँ र डिजेल÷मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मुल्य अनुसार पोखरा काठमाडौं र दिपायलमा १६० रुपैया पेट्रोल प्रतिलिटर र डिजेल १४८ रुपैया पर्ने छ ।

त्यसै गरी सुर्खेत र दाङमा १५९ रुपैया पेट्रोल प्रतिलिटर र डिजेल १४७ रुपैया पर्ने छ ।

त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५७ रुपैया ५० पैसा पेट्रोल प्रतिलिटर र डिजेल १४५ रुपैया ५० पैसा पर्ने छ ।



Tags: