अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न १ र १५ भिड्ने

-


     क्लिक गण्डकी     
     जेठ १६ गते २०८२ मा प्रकाशित


अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न १ र १५ भिड्ने

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न १ र १५ भिड्ने

पोखरा, १५ जेठ/ हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ ।

विहिवार भएको वडा न २५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २-२ गोल बाराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो ।

जितका लागि वडा न १ का जर्सी नंं ७ का ईश्वर गुरुङ, जर्सी नंं १० का मिलन गुरुङ, जर्सी न२ का अन्तिम गुरुङ, जर्सी न १६ का असीम र जर्सी न।९ का बासूँ जी।सिले क्रमशः १-१ गोल गरेका थिए । वडा न।१ का जर्सी नं।९ का बासूँ जी।सी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं। १५ ले वडा न।५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै वडा न।१५ले फाइनलको यात्रा शुनिशच्ति ग¥यो । जितका लागि वडा १५ का जर्सी न। २३ का इन्द्र थापाले २ गोल गरे साथै जर्सी न।१२ का मिलन गुरुङ र जर्सी न ७७ का सोम गुरुङ, १÷१ गोल गरे । उक्त खेलमा वडा न१५ का जर्सी न १२ का मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

जेष्ठ १७ गते वडा न १ र १५ विचको फाइनल खेल दिनको ठिक १स्०० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए । यता युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

जेष्ठ १७ गते सम्म चल्ने उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।



Tags: