
भूकम्प
पोखरा, २७ फागुन/ कास्कीको साइमाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पोखरा, पर्वत, तनहु लगाएतका ठाउँमा महशुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रापरेकाहरु उठाएको छ । भूकम्प पछि कतिपय घरबाहिर निस्केका थिए ।
यसअघि यस क्षेत्रमा फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र फागुन २३ गते म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसै गरी फागुन





