
पत्रकार कृष्णमणि बराल ५० हजार राशीको पुरस्कारबाट सम्मानीत को हुन् कृष्णमणि बराल
पोखरा, २५ फागुन/ पत्रकार कृष्णमणि बराल प्रेस क्लब गण्डकी पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् । उनलाई नगद ५० हजार रुपैया, दोसल्ला र प्रमाणपत्रले प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरे ।
पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो ।
कार्यक्रममा संघिय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी संघिय संसदले कुनै कानुन नबनाउने बताएका छन् ।
प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा उनले सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताए ।
सामाजिक सञ्जालमा सही भन्दा पनि गलत कुराहरू बढी प्रचार भइरहेको उनको भनाई छ । गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक रहेको बताए ।
अहिलेको संसद पारदर्शी भएकाले सम्बन्धित सरोकार राख्नेहरूसँग पनि व्यापक रूपमा छलफल गरेर मात्र कानुन निर्माण गर्ने संसद कटिबद्ध रहेको बताए ।
उनले पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेण गर्ने मात्र नभएर हामीले प्राप्त गरेको उपलब्धीको रक्षा गर्ने जिम्मेवारी रहेकोमा जोडदिए । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षमा भएको थियो ।
को हुन् कृष्णमणी बराल
कृष्णमणि बराल पोखरामा रहेर दुई दशक भन्दा लामो समय देखी पत्रकारीता गर्दै आएनु भएको छ । पत्रकारीता सगँ सगैँ उनी संरक्षण कर्मी हुन् । २०५९ सालमा समाधन राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा पत्रकारिता सुरु गरेका बराल हाल अन्नपुर्णपोष्ट र बिविसी नेपाली सेवामा कार्यरत छन् ।
देशान्तर साप्ताहिक पनि पत्रकारिताको शुरुवात कालमा संवाददाताका रुपमा काम गरेका बराल सन् २००३ पछि हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टका लागि संवाददाता र फोटो पत्रकारको रूपमा काम गनुभयो । हिमालयन टाइम्समा ११ वर्ष काम गरेका बराल अन्नपूर्ण पोष्टमा भने आज सम्म पनि काम गरिरहनु भएको छ ।
उहाँ प्रकृति र वन्यजन्तु प्रेमीका रुपमा चिनिनु हुन्छ । उहाँको वन्यजन्तु, सिमसार र प्रकृति संरक्षणका विषयमा समाचार औधि रुचाउँछु । उहाँ दुई दशक देखी सिमसार र गिद्ध संरक्षण क्षेत्रमा काम गरिरहनु भएको छ । बाल्यकालमा धेरै देखीने गिद्धहरु बराल बयस्क हुदाँ कमभएको ठानेर गिद्ध संरक्षणमा लाग्नु भएको हो ।
सन् २००७ देखि गिद्धहरूको संरक्षणमा लाग्नु भएका बराल नेपालको विभिन्न ठाउँहरूमा गिद्धका प्रजातिहरूको फोटो खिच्नका लागि पुग्नु भएको छ । उहाँले काठमाडौँ, पोखरा र नेपालको विभिन्न स्थानहरूमा गिद्ध संरक्षणका लागि फोटो प्रर्दशनी सगैँ जनसचेतनाका कार्यक्रमहरु चलाउनु भएको छ ।
उहाँले नेपाली मात्र नभइ विदेशमा समेट फोटो प्रर्दशनी गर्नु भएको छ । अमेरीकामा हुने हुचिल महोत्सवमा उहाँले फोटो प्रर्दशनीका साथै नेपालमा भएका संरक्षणका बारेमा जानकारी दिनुभएको छ । उहाँ विभिन्न सामाजीक संघ संस्थाहरुमा पनि आवध हुनु हुनुन्छ । नेपाल फोटो पत्रकार महासंघ कास्कीको अध्यक्ष भएर सफल कार्यकला सक्नु भएको छ ।
उहाँल यस अगाडी द लाइफ अफ फूड– फोटोग्राफी अवार्ड–२०१० (विश्व खाद्य कार्यक्रम)
मिडिया इन कन्जर्भेसन अवार्ड २०१२ ( डब्लुडब्लुएफ नेपाल)
राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०११ (फेडरेशन अफ फोटो पत्रकार)
वातावरण पत्रकारिता पुरस्कार–२०१२ (सिटी डेवलपमेन्ट बैंक)
संरक्षण पुरस्कार –२०१२ (अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना–सर्दिखोला सामुदायिक)
गिद्ध संरक्षण पुरस्कार – २०१४ (बर्ड कन्जर्भेसन नेपाल)
मिडिया इन कन्जर्भेसन अवार्ड २०२३ ( नेफेज)
मिडिया इन कन्जर्भेसन अवार्ड २०२३ (रेवान पोखरा)





