
पोखरा १३ आर्वामानवदुर्गा कप भलिबल प्रतियोगिता हुने
पोखरा, १९ फागुन/ नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ ।
युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ चैत ३० देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले जानकारी दिए ।
रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ४५ हजार र ३० हजार नगद, मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए ।
चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता शुल्क ४ हजार तोकिएको उनको भनाई छ प्रतियोगितामा जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।
भलिबल खेलप्रति युवाहरुलाई आकर्षित गर्दै प्रोत्साहन गर्ने र प्रभुधाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।





