
आहा रारा पोखरा गोल्डकपको २४ औं उपाधिका रेसमा नेपाल पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स
पोखरा, २ फागुन/ नेपालको नियमीत हुने प्रतियोगिताका रुपमा चिनिएको आहा रारा पोखरा गोल्डकपको २४ औ संस्करणको फाइलनमा विदेशी र स्वदेशी टिम उपाधिका लागि भिड्दै छन् ।
उनीहरु दुबैले प्रतियोगितामा उपाधि जित्ने दावी गरेका छन् । उपाधि कसको पोल्टामा जाने हो भन्ने शनिबार पोखरा रंगशालामा हुने फाइनल खेलले बताउने छ ।
आहा रारा पोखरा गोल्डकको २४ औ संस्करणको उपाधि होडमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स छन् । नेपाल पुलिस क्लब ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो पटक सहभागीतामा नै फाईनल खेल्दै छ । शनिबार यी दुई बीच २४ औं संस्करणको आहा रारा गोल्डकप फाईनल हुदैं उपाधि छिनोफानो हुदैंछ ।
पुलिस पोखराको मैदानमा निकै भाग्यमानी छ । खेलले पनि भाग्यले साथ दिदैं आएको पुलिस शनिबार उपाधि जित्दै इतिहास रच्ने दाउ छ । उज्वेकिस्तानी टोलीले पनि विदेशी भूमिमा पहिलो पटक उपाधि उचालेर फर्किने लक्ष्यमा छ ।
दुवैको योजना र लक्ष्य भने शनिबारको फाईनल खेलले देखाउने छ । उपाधि जितेका नेपाल पुलिस मानसिक र शारीरिक रुपमा तयार रहेको नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरे बताउ छन् ।
दुवै टोलीको चाहना उपाधि नै हो । तर शनिबारको खेलले नै तय गर्ने छ उपाधिको छिनोफानो । पुलिस आफनो गर्विलो इतिहास जोगाउने उद्दत छ । विदेशी टोली भने प्रतियोगितामा सहभागिता टोली मध्ये बलियो देखिन्छ ।
स्वदेशी क्लबका विदेशी खेलाडीलाई समेत रोक्ने क्षमता उज्वेकिस्तानी टोलीको छ । ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले फाइनल खेल ५०–५० प्रतिशत हुने बताए । उनले पहिलो भन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको र फाइनलका लागि तयार राम्रो रहेको बताए ।
पुलिसले उज्वेकिस्तानको डिफेन्स लाईन तोड्न सक्नुपर्छ भने विदेशी टोलीको स्ट्राईकरलाई रोक्ने रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । यद्यपी दुवैले फाईनल अघि आफनो खेल रणनीति भने पक्कै बनाउने छन् ।
पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएर फाइनल पुगेको हो ।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४–० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
सहारा क्लबको आयोजना हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन, जयश्री फुड्सको सहप्रायोजनामा आयोजित प्रतियोगिताले शनिबार उपाधिको छिनोफानो सहित विट मार्ने छ । विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।





