बिटी कप- उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०८१ मा प्रकाशित


बिटी कपस् उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने

बिटी कपस् उपाधिका लागि गन्नी एफसी र रामघाट भिड्ने

पोखरा, २९ माघ/ पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि गन्नी एफसी र रामघाट एफसी भिड्ने भएका छन् ।

उक्त फाइनल खेल मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका १ स्थित पुुरानो टुंडिेखलमा हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गन्नी एफसीले चरी सुशान एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा प्र्रवेश गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा रामघाट एफसीले बिग सिटी लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा गन्नी एफसीसँगको भेट पक्का गरेको विनोद गुरुङले बताए । उनका अनुसार ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा गत २२ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७र७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।