लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त पुरस्कृत

-


     क्लिक गण्डकी     
     माघ २८ गते २०८१ मा प्रकाशित


लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त सम्मानीत

लाटोकोसेरो संरक्षणमा प्रतिवद्धता जनाउँदै मिथिलामा १२ औं संरक्षण उत्सव, पोखराका हेमन्त सम्मानीत

पोखरा, २८ माघ/ लाटोकोसेरो तथा हुचील संरक्षणमा प्रतिवद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औं संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव सम्पन्न भएको छ ।

लाटोकासेरो तथा हुचील संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्युन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरु नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।

महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरु लगायत जनप्रतिथिधिले लाटोकोसेरो तथा हचील संरक्षमा प्रतिवद्धता जनाएका थिए । महोत्सवमा सहभागी स्थानीयले महोत्सव अघि लाटोकोसेरो तथा हुचीलका महत्वबारेमा जानकारी नहुँदा गरिदै आएको व्यवहार अव परिवर्तन गरी संरक्षणमा लाग्ने बताएका छन् ।

पहिले लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउँछ भन्ने थाहा थिएन लाटोकोसेरो तथा हुचील उत्सव भएपछि लाटोकोसेरो किसानको साथी हो भन्ने थाहा भएको स्थानीय बेतिनी देवी मण्डलले बताइन् । पहिले लाटोकोसेरो मारेर औषधीको रुपमा प्रयोग हुने गरेको पनि उनले सुनाइन् ।

स्थानीय कलम हुसने पनि महोत्सवले लाटोकोसेरो महत्वका बारेमा जानकारी भएकोले संरक्षणमा लाग्न प्रेर्णा मिलेका सुनाए । उत्सवमा सहभागी चरा विद्ध् क्यारो इन्स्किपले लाटोकोसेरो तथा हुचील संरक्षणकालागि आआप्नो क्षेत्रबाट लाग्न अनुरोध गरेकी थिइन् ।

आयोजक प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले बाघ, गैडा, हात्ती जस्ता ठूला वन्यजन्तुको संरक्षणमा काम भइरहे पनि चोरीसिकार, अवैध व्यापारका कारण संकटमा पर्दै गएका लाटोकोसेरो तथा हुचील संरक्षणमा कसैको ध्यान नगएकोले देशका दुरदराजका गाउँमा पुगेर विगत १२ वर्ष देखि नागरिकलाई लाटोकोसेरो तथा हुचीलको महत्वका बारेमा जानकारी दिदै आएको बताए ।

विगतमा संरक्षण उत्सव भएका गाउँमा लाटोकोसेरोलाई विगतमा हेर्ने दृष्टिकोण परिवर्तन भएर संरक्षणमा लाग्दै आएकोले उत्सवलाई निरन्तरता दिने र संरक्षण उत्सव अर्को वर्ष नयाँ गाउँ, ठाउँमा गरिने पनि उनले बताए ।

अर्का आयोजक संस्था मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले महोत्सवले स्थानीयलाई लाटोकोसेरो तथा हुचीलको साथै अन्य चरा, वन्यजन्तु संरक्षणमा लाग्न प्रेर्णा मिलेको बताए । यस्ता संरक्षण उत्सव आगामी वर्षमा पनि निरन्तर गर्न मुख्य आयोजक प्रकृतिका साथीरु नामक संस्था संग उनले अनुरोध गरे ।

एक जोडी लाटोकोसेरोले बच्चा हुँकाउने ४ महिनाको समयमा २५ सय देखि ३ हजार मुसा खाने अध्ययनमा पाइएको छ । मुसा खाएर खाद्यन्न बाली जोगाउन महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो तथा हुचील संरक्षणमा नागरिका नै लाग्नु पर्ने विज्ञ बताउँछन् । मुसा खाएर अन्नबाली जोगाउने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । अन्नबाली जोगाउन र पर्यावरण सन्तुलनमा लाटोकोसेरोले महत्पूर्ण योगदान दिदै आएका छन् ।

लाटोकोसेरो सरक्षण उत्सवमा अन्य प्रजातिका चरा, पुतली, वन्यजन्तु संरक्षणका स्टल र फोटो प्रदर्शनी पनि गरिएको थियो । एकै मञ्चमा लाटोकोसेरो तथा हुचील संरक्षणका साथी अन्य वन्यजन्तुको महत्व र संरक्षणको चुनौतीका विषयमा पनि छलफल भएको थियो । महोत्सवमा युवा, विद्याथी, स्थानीय र देशका विभिन्न सहरबाट पनि सहभागी हुन पुगेका थिए । महोत्सवमा मिथिलाको स्थानीय सांस्कृतिक प्रस्तुती पनि प्रदर्शन गरिएको थियो । सांस्कृतिक कार्यक्रम, म्युजियम, फोटो, कला, नाटक मार्फत लाटोकोसेरो तथा वन्यजन्तु संरक्षणमा जनचेतना मुलक कार्यक्रम गरिएको थियो ।

उत्सव सुरु हुनु अघि विभिन्न स्थानीय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिविरहरुका संचालन गरिएको थियो । चरा अवलोकन, लोपउन्मुख स्थानीय संस्कृति, खेलहरुको प्रदर्शन पनि गरिएको थियो ।

उत्सवमा नगरपालिका स्तरिय विद्यालयहरुमा संरक्षण चित्रकाला, निबन्ध तथा कविता प्रसतियोगिता समेतको आयोजना गरिएको थियो । लाटोकोसेरो सम्बन्धी जानकारी मुलक फोटो प्रदर्शनी पनि गरिएको थियो । यसै गरी गाउँमा निर्माण भएका हस्तकदा, चित्रकला, लागयत पनि बिक्रीकालागि राखिएको थियो ।

उत्सवको अर्को आकर्षण ८ प्रजातिका लाटोकोसेरोहरुको आवाज सन्ने र भिडियो हेर्ने व्यवस्था पनि मिलाइएको थियो । प्रवेश टिकट नलाग्ने संरक्षण उत्सवमा निशुल्क ६ हजार भन्दा बढीको सहभागीता रहेको आयोजकले बताएका छन् । उत्सवमा सहभागीले लाटोकोसेरोको महत्वका बरेमा जानकारी पाएकोले लाटोकोसेरा लगायत वन्यजन्तुको संरक्षणमा लाग्न प्रेर्णा मिलेको विश्वास आयोजकले गरेको छ ।

सोही अवसरमा प्रकृति संरक्षण पुरस्कारबाट चार जना सम्मानीत भएका छन् । सम्मानीत हुनेका कास्कीका हेमन्त ढकाल, त्रिभुवन विश्वविद्यालय काठमाडौंका डा हरि प्रसाद शर्मा, पत्रकार अभयराज जोशी र भुमिरमण नेपाल रहेका छन् ।