पुम्दीकोट जाने बाटो एकतर्फी बनाइने

-


     क्लिक गण्डकी     
     माघ १० गते २०८१ मा प्रकाशित


पुम्दीकोटमा विशाल शिव मुत्ति

पुम्दीकोटमा विशाल शिव मुत्ति

पोखरा, १० माघ/ पर्यटकको चाप बढेपछि व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने तयारी गरेको छ ।

माघ १५ गतेदेखि लागु हुने गरि पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् ।

दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज हुने उनको भनाई छ ।

पुम्दीकोट जाने बेलामा छोरेपाटन देखि शान्ति स्तुप हुँदै जाने बाटो जान सकिन्छ भने फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने छ । बाइक, स्कुटर त्यही बाटो फर्कन सक्नेछन् भने अन्य साधन कालिमाटीको बाटो हुँदै फर्कनु पर्ने छ ।

पुम्दीकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ ।



Tags: