आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०८१ मा प्रकाशित


आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने

आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने

पोखरा, १९ मंसिर/ मंसिर २२ देखि २९ गते सम्म पोखराको लेखनाथमा हुने आदर्श कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा २५ औं सस्करणको आदर्श कप हुन लागेको हो । ६ वर्ष पछि हुन लागको प्रतियोगिता यस अगाडी कोरोना पछि रोकिएको थियो ।

क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यसै गरी विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

करिब ६० लाख रुपैयाँ खर्च हुने प्रतियोगिता आयोजक सहित ८ टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

आयोजक आदर्श युवा क्लब, कास्की –११, विभागीय क्लब नेपाली सेना सिद्धिदल गण (पश्चिम पृतना), नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्स्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आर्दश क्लब र एन्फा तनहुँ बिच हुनेछ ।



Tags: