
पोखरामा नेपाली परम्परा अनुसार बिदेशीको बिहे
पोखरा, ८ मंसिर/ अष्ट्रेलियन नागरिक म्याट र मार्लिनले पोखरामा नेपाली परमपरा अनुसार बिहे गरे । बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठको अवसरमा पोखरामा धुमधामका फेरी बिहे गरेर मनाए ।
२५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएको थियो ।
पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट (म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा श्रीमती मार्टिन दुलाहीको भेषमा सजिएकीलाई जन्ती सहित लिन आउछन् ।
विदेशी र नेपाल जन्ती बाजाँमा नाचगान गर्दै पुगेका थिए । एक बर्ष अघि मोहन पंगनीको बिबाहको निम्तो मान्न पोखरा आएको जोडीले नेपाली परम्परा अनुसार बिहे गरेर २५ औं बैबाहिक जीवनको बर्षगाँठ मनाएको हो ।





