मर्दी हिमाल आरोहण गर्दा लडेर मृत्यु भएका गाइडको शव सिम्रिक एयरको हेलिबाट पोखरामा

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


मर्दी हिमाल आरोहण गर्दा लडेर मृत्यु भएका गाइडको शव सिम्रिक एयरको हेलिबाट पोखरामा

मर्दी हिमाल आरोहण गर्दा लडेर मृत्यु भएका गाइडको शव सिम्रिक एयरको हेलिबाट पोखरामा

पोखरा, २९ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला पारेर सिम्रिक एयरको हेलिबाट पोखरा ल्याएको छ ।

मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र चार नेपाली सहयोगी कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमालमा तामाङको खोजीका लागि सिम्रिक एयरको हेलिबाट तीन जना गाइड मंगलबार गएका थिए । उद्धार टोलीले मर्दीको पाँच हजार ३ सय मिटर उचाइमा तामाङको शव फेला पारेपछि बिहीबार हेलीमार्फत शवलाई पोखरा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

उद्धारका लागि लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा गएका थिए । बुधबार भिरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर राखिएको बिहीबार शवलाई हेलिको साहेतामा पोखरा ल्याएको प्रहरीले बताएको छ । पोखराको गण्डकी अस्पतालमा शवको पोष्टमार्ट पछि परिवारलाई बुझाउने प्रहरीको भनाई छ ।



Tags: ,