काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो

रवि लामिछाने

पोखरा, ३ कात्तिक/ प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याएको छ ।

राति करिब ३ बजे लामिछानेलाई पोखरा पु¥याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उनलाई पोखराको गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा राखेको हो ।

प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा पु¥याएको हो । लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा ल्याएको हो ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।



Tags: