पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०८१ मा प्रकाशित


पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत

पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि मतगणना चलिरहेको छ । पछिल्लो गणना अनुसार वस्तुगत तर्फको मतपरिण आएको छ ।

बस्तुगत तर्फ सूर्य घिमिरेले २२ मत प्राप्त गरेका छन् त्यसै गरी दुर्गा बरालले २१ म्त, पृथ्वीराज तिमिल्सिनाले २० मत र नविन नापितले १४ मत प्राप्त गर्दै विजयी भएका छन् । नविन नापित र राजेश कोइरालाको १४ १४ मत भएपनि गोला गर्द नापित विजयी भएका हुन् । त्यसै गरी पूर्णशोभा गुरुङ १० लालप्रसाद ढकालले ११ मत प्राप्त गरे । बस्तुगत तर्फ २८ मत थियो ।

नयाँ नेतृत्वका लागि अर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् ।

उपमहा सचिवमा वर्तमान कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानांग चुनावी मैदानमा छन् । पदाधिकारी निर्विरोध हुँदा कर्पोरेट तर्फ कार्य समिति सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध भए । औद्योगिक सदस्यमा नारायण गौतम निर्विरोध निर्वाचित भएका छन् ।

प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जना मैदानमा छन् । कार्यसमिति सदस्य निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश
श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उम्मेदवारी परेको छ । मतगणना आइतबार विहानबाट हुने निर्वाचन समितिले जानकारी दिएको छ । सदस्यहरुको अहिले सम्म चाङ लगाएर गणनाको तयारी हुदैछ ।