पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

-

     क्लिक गण्डकी     
     श्रावण १४ गते २०८१ मा प्रकाशित

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

पोखरामा प्रहरीको गाडी हुइकयाउदा चौतारी भत्कियो, क्रेनले उठाएर गाडी लगियो

पोखरा, १४ साउन/ पोखरामा मध्यराती वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले चढेको गाडीले अनियन्त्रित तरिकाले चलाउदा चौतारीमा ठोकेको छ ।

ठक्करबाट पोखरा ६ शान्तिपाटन चोक स्थित टान चौतारीमा पुर्ण रुपमा क्षती भएको छ । मध्यरातमा भएको दुर्घटना पछि गाडीलाई क्रेन ल्याएर उठाएर लगिएको हो ।

चौतारी भत्कीएपछि छिटो बनाउ टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले अनुरोध गरेका छन् ।

सर्वसाधारण जनताको लागि सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासन नै अम¥यादीत तबरबाट सवारी गुडाएको भन्दै आपत्ती जनाएका छन् ।