
सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहा निर्देशक रतिशचन्द्रलाल सुमनको आयोगको संयोजकत्वमा गठन रहेको हो ।
त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् ।
आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए ।





