
दुर्घटना
पोखरा, २१ असार/ पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट नजिकै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा १ बगरका अंकिललाल श्रेष्ठ र उनकी श्रीमती समृद्धी श्रेष्ठ छन् । उनीहरुको न्यूरोडमा रहेको पद्यश्री एलाइन्स अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
हरिचोकबाट जिरो किमीतर्फ आउँदै गरेको बा२१च ५१६२ नम्बरको स्कारपियो र विन्ध्यवासिनीतर्फ जाँदै गरेको ग२च ८२८८ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी र स्कारपियोका चालक भक्तपुरका देवनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





